Spread the love

बुटवल,२३ असोज ।

रुपन्देही सैनामैना नगरपालिका वडा नं. ०४ रन्यौरा क्षेत्रबाट प्रहरीले ठुलो परिमाणमा पटाका बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रन्यौरा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले कोटहिमाइ गाउँपालिका वडा नं ५ का स्थानीय धर्मराज यादबले चलाएको बा २१ च २२४९ नम्बरको पिकअप जिपलाई शंका लागि चेकजाँच गर्नै क्रममा ९ बोरा बिभिन्न प्रकारका पटाका बरामद गरेको हो ।

प्रहरीले पटाकासहित ४ जनालाई समेत पक्राउ गरेको छ । पटाकाको अन्दाजी मूल्य ५ लाख पर्ने प्रहरीले जनाएको छ । पटाका सहित पक्राउ पर्नेहरुमा कोटहीमाइ गाउँपालिका वडा नं ५ का गाडी चालक २५ वर्षिय धर्म राज यादब, सोही स्थानका १८ वर्षिय शुसिल यादव तथा सम्मरीमाइ गाउँपालिका वडा नं. ७ का ३२ वर्षिय अक्लेश मौर्या र १९ वर्षिय सन्तोष कुर्मी रहेका छन् । प्रहरीले विष्फोटक पदार्थ ऐन वमोजिम थप अनुसन्धान कार्य जारी रहेको जनाएको छ ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्