Spread the love

काठमाडौ, २३ असोज ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकहरूलाई कानुन बमोजिम अनिवार्य रुपमा चाडपर्व खर्च उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानलाई निर्देशन दिएको छ । कतिपय रोजगारदाताबाट चाडपर्व खर्च उपलब्ध नगराएको गुनासो आउने गरेको भन्दै अनिवार्य उपलब्ध गराउन विभागले निर्देशन दिएको हो ।

श्रम ऐन २०७४ को दफा ३७ मा प्रचलित धर्म, संस्कृति तथा परम्परा अनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले खाइपाइ आएको ‘एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम’ प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था गरेको छ ।

विभागका प्रवक्ता मणिनाथ गोपले रोजगारदाता तथा प्रतिष्ठानलाई चाडपर्व खर्च अनिवार्य उपलब्ध गराउन भनिएको र उपलब्ध नगराउने माथि श्रम ऐन अनुसार कारबाही हुने बताएका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्