काठमाडौ,२१ असोज ।
नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरले कांग्रेसको १५ औं महाधिवेशनमा सभापति पदका लागि दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।
राठौरले आज पत्रकार सम्मेलन गर्दै उम्मेदवारी फिर्ता लिएको घोषण गरेका हुन् । उनले कांग्रेस नेता गगन थापालाई समर्थन गर्दै पार्टी संकटको अवस्थामा रहेकाले आपसी सहकार्य र एकताका साथ अघि बढ्नुपर्ने बताएका छन् ।






















