Spread the love

बुटवल ।
असोज १० गते तिनाउ नदीमा आएको बाढीबाट घर बगाएका पाँच परिवारलाई विभिन्न संघसंस्था तथा व्यक्तिले आर्थिक सहयोग गरेका छन् । सोमबार एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा सदस्य नकुल शाही, विभिन्न रोहबरमा पिडित परिवारलाई नगद ७७ हजार ४ सय रुपैया आर्थिक सहयोग गरेको हो ।

वडामा रहेकोे सृजनशील आमा समूह, सृजनानगरले २५ हजार, सृजनानगर टोल संस्थाले १० हजार, सृजनानगर खानेपानी संस्थाले १० हजार, इडन इङ्लिस बोर्डिङ स्कुलले १० हजार, पौरखी नेपाल समूहले ५ हजार ८ सय, कृष्ण अधिकारीले ५ हजार ६ सय, सृजनानगर मगर संघले ५ हजार, सहुलियत कृषि सहकारीले ५ हजार र सृजनानगर भैलो समूहले ३ हजार रुपैयाँ आर्थिक सहयोग संकलन भएको वडा सदस्य शाहीले बताए । उक्त सहयोगबाट बाढीका कारण घर गुमाएका पाँच परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने अपेक्षा रहेको उनले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्