Spread the love

बुटवल । रुपन्देहीमा सम्पन्न सातौँ जिल्ला स्तरीय तेक्वान्दो च्याम्पियनसिप–२०८३ को उपाधि बुटवल डोजाङले चुमेको छ । ‘अनुशासन, सम्मान, आत्मनियन्त्रण र एकतामा बल’ भन्ने नारासहित तिलोत्तमा तेक्वान्दो एकेडेमीको आयोजनामा तिलोत्तमा नगरपालिका–४, सिमानगर हाटबजारमा शनिबार भएको प्रतियोगितामा बुटवल डोजाङले १३ स्वर्ण पदक जित्दै च्याम्पियन भएको हो ।

प्रतियोगितामा गार्गी डोजाङ ८ स्वर्णसहित दोस्रो र बीपीएस भने ३ स्वर्णसहित तेस्रो स्थान हासिल गरेको छ ।
कुल २४ स्वर्णसहित ९६ पदकका लागि विभिन्न तौल तथा विधामा खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा गर्गी डोजाङका हेमन्त चौधरी पुरुषतर्फ उत्कृष्ट खेलाडी घोषित भए भने अद्रिना क्षेत्री महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भइन् ।

एक समारोहका बिच तिलोत्तमा नगरपालिका–४ का वडा अध्यक्ष हरिबहादुर क्षेत्री, जनप्रतिनिधि मित्र न्यौपानेले विजेता, उपविजेता टिम तथा खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा विभिन्न विद्यालय तथा डोजाङबाट २०० भन्दा बढी खेलाडी सहभागी भएको तिलोत्तमा तेक्वान्दो एकेडेमीका अध्यक्ष विष्णुकुमार चौधरीले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्