बुटवल, १८ असोज ।
लालटिन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बुटवल देविनगरले ३४ औ नियमित रक्तदान कार्यक्रम आइतबार कार्यालय परिसरमा सम्पन्न गरेको छ । सहकारीको यहि असोज २६ गते हुन गैरहेको २० औं साधारणसभा तथा ११ अधिवेशनको पूर्व सन्ध्यामा वार्षिक कार्यक्रम अन्तरगत रक्तदान कार्यक्रम गरेको हो ।
एस बुटवल विजनेश हाउस, बुटवल–६, बन्जाडे ईन्टरप्राईजेज, बुटवल–१२ को सौजन्यमा नेपाल रेडक्रस सोसाईटी रक्तसंचार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदानमा कार्यक्रममा ५० युनिट संकलन भएको कार्यक्रम संयोजक तथा संस्थाका सचिव दिनेशकुमार पाण्डेले बताए । समाजिक उत्तरदायित्व अन्तरगत संस्थाले नियमित रुपमा रक्तदान तथा अन्य कामहरु गर्दै आएको संस्थाका अध्यक्ष गंगालाल सापकोटाले बताए । सहकारीले आफ्ना सदस्यहरुलाई सेवा दिने क्रममा देविनगरस्थित मार्टमार्फत दैनिक उपभोग्य सामाग्रीको विक्री वितरण गर्दै आएको बताउदै उनले उत्पादनशिल र बजारीकरणका क्षेत्रमा संस्थाबाट लगानी गरेको जानकारी गराए ।
कार्यक्रममा सहभागी रक्तदाताहरुलाई सहकारीका अध्यक्ष गंगालाल सापकोटा, रुपन्देशी व्यापार संघका पूर्व अध्यक्ष पदम श्रेष्ठ, संस्थाका उपाध्यक्ष गोपाल गैरे, सचिव दिनेशकुमार पाण्डे, सहसचिव पुष्पा शर्मा पौडेल, कृष्ण पछाईले प्रमाणपत्र वितरण गरेका थिए । हाल सहकारीमा ३ हजारभन्दा बढी शेयर सदस्यहरु रहेका छन् ।
बुटवल देविनगरमा केन्द्रीय कार्यालय रहेको सहकारीले तिलोत्तमा र सैनामैनामा सेवा केन्द्रमार्फत सेवा दिदै आएको छ । सस्थाको यहि असोज २६ गते ११ अधिवेशन हुन लागेको छ र अधिवेशनले नया नेतृत्वका लागि निर्वाचन गर्ने गरि कार्यतालिका प्रकाशन गरेको छ ।





















