Spread the love

बुटवल । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत रुपन्देही क्षेत्र नं. २ को क्षेत्रीय कार्यसमितिको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणामअनुसार प्रजापाल गिरी क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन् । सभापति पदमा गिरीले ४८५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी प्रशन कोईरालाले ३२८ मत पाएका छन् । सचिव पदमा छाया पोख्रेलले ४५९ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी चोला प्रसाद पाठकले ३३१ मत प्राप्त गरेका छन् ।

त्यस्तै, सहसचिव महिला पदमा गीता अधिकारी ३८९ मतसहित निर्वाचित भएकी छन् । सहसचिव पदमा मोहन बस्याल ४२० मतसहित निर्वाचित भएका छन् । प्रदेशसभा क्षेत्र नं. २(क) को महिला प्रत्यक्ष सदस्यमा पुनमकुमारी राना निर्विरोध निर्वाचित भएकी छन् । सदस्यतर्फ गोकर्णबहादुर कुँवर ४४२ र रामप्रसाद शर्मा ५५७ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।

प्रदेशसभा क्षेत्र नं. २ (ख) को महिला सदस्यमा सीता भट्टराई तथा सदस्यतर्फ गणेश आचार्य र महेशप्रसाद पौडेल निर्विरोध निर्वाचित भएका छन् । युवा महिला सदस्यमा दर्शना शाही पनि निर्विरोध निर्वाचित भएकी छन् । युवा सदस्यतर्फ विष्णु भण्डारी ४६७ मतसहित निर्वाचित भएका छन् । अर्का उम्मेदवार प्रदीप सुनारले २९२ मत पाएका छन् ।

प्रत्यक्ष खुला महिला सदस्यमा राधा कार्की ४३५ मतसहित निर्वाचित भएकी छन् भने सरस्वती उपाध्यायले २८८ मत प्राप्त गरेकी छन् । प्रत्यक्ष खुला सदस्यतर्फ पूर्णबहादुर कार्की २१८, कृष्णप्रसाद भण्डारी २८० र प्रदीप गौतम २३३ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । समानुपातिक सदस्य दलितमा गंगाकुमारी बिक निर्विरोध, आदीवासी जनजाती महिला धनकुमारी राना निर्विरोध भएका छन । खुला अजय राना, खस आर्य महिलातर्फ राधा उपाध्याय निर्वाचित भएकी छन् भने खस आर्यतर्फ भूपराज चापागाईं र राजकुमार शर्मा पन्थी निर्विरोध निर्वाचित भएका छन् ।

केन्द्रिय महाधिवेसन केन्द्रीय महाधिवेशन प्रतिनिधिको महिलातर्फ चार पदका लागि भएको निर्वाचनमा जमुना ढकाल, बालकुमारी भण्डारी, रिता केसी क्षेत्री र रिता सेन ओली निर्वाचित भएका छन् । निर्वाचन परिणामअनुसार जमुना ढकालले ४४९, बालकुमारी भण्डारीले ३१६, रिता केसी क्षेत्रीले २९७ र रिता सेन ओलीले ३६५ मत प्राप्त गरेका छन् ।
निर्वाचन परिणामअनुसार खुलातर्फ चुन्न प्रसाद पौडेल, खेलराज पाण्डेय, दीर्घ बहादुर केसी, बिमलराज भट्टराई, प्रकाश राना, चित्रबहादुर के.सी., गणेश पाठक, मुक्तिराज शर्मा पौडेल, कुसुम राज ज्ञवाली, कुल प्रसाद लामिछाने निर्वाचित भएका छन् ।
खुलातर्फ पेशागत अमित खनाल, श्रमि काजीमान श्रेष्ठ, युवा महिला क्रिस्टिना पराजुली, युवा महेश शर्मा पौडेल, सुर्य न्यौपाने, अपाङता गोपाल पाण्डेय, अल्पसंख्याक धन लामा, दलित बाबुराम विश्वकर्मा, प्रजातन्त्र सेनानी युवराज गिरी, समावेशी दलित सुन्दर कुमार गहतराज, आदीबासी जनजाती महिला अरुणा श्रेष्ठ निर्विरोध, आदीबासी खुल्ला पदमराज गाहा, सुरज पुन, खसआर्य महिला सावित्रा टण्डन, विष्णु क्षेत्री, खस आर्य खुला कल्याण प्रसाद पौडेल, चित्र बहादुर केसी, नेत्र प्रसाद भट्टराई, थारु राम बली चौधरी निर्विरोध, मधेसी मुलसलमानमा जाकिर हुसैन निर्वाचित भएका छन ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्