बुटवल, १६ असोज ।
अन्तराष्ट्रिय किक बक्सिङमा नेपाली युवाहरुको आर्कषण र सफलता बढ्दो छ । ग्रामिण क्षेत्रका धेरै युवाहरु यो खेलमा अन्तराष्ट्रिय पहिचान बनाएका छन । यसैबिच स्याउलीवाङका एक युवा शनिबार दार्जिलिङमा आयोजना हुने ‘हिमालयन फाइट नाइट–२०२६’ मा खेल्दै छन । गुमान (गुमान) मगर लुम्बिनी प्रदेशको ग्रामिण क्षेत्र स्याउलीवाङका हुन ।
अक्टोबर ३ अर्थात् असोज १७ गते दार्जिलिङ जिमखाना क्लबमा आयोजना हुने फाइट नाइटको मुख्य खेलमा नेपालका गुमान मगरले भारतको शिलोङस्थित रिभोलुसन एमएमएका खेलाडी डोनबोक नोङ्ग्रुम (द डन) को सामना गर्नेछन् । । एक हप्तादेखी प्रतियोगिताको तयारीमा उनि त्यहा छन ।
हिमालयन फाइट नाइटको दार्जिलिङ जिमखाना क्लबमा हुने प्रतियोगितामा गुमान मगर जिमखाना मुवे थाई, नेपालसँग आबद्ध छन् भने डोनबोक नोङ्ग्रुम रिभोलुसन एमएमए, शिलोङबाट प्रतिस्पर्धा गर्नेछन् । आयोजकका अनुसार प्रतियोगितामा विभिन्न खेलाडीबीच फाइटहरू सञ्चालन हुनेछन् । नेपाल र भारतका खेलाडीबीच हुने मुख्य भिडन्तले दुई देशका फाइट खेलप्रेमीको ध्यान तानेको छ ।




















