Spread the love

बुटवल, १६ असोज ।

युवा खेलाडीहरुलाई प्रतिभा प्रस्फुटन गर्ने उदेश्यका साथ बुटवलमा चौथो लाफा तथा प्रथम वडाअध्यक्ष कप फुटसल प्रतियोगिता २०८३ शुरु भएको छ । शुक्रबार भएको उद्घाटन खेलमा न्यू होराईजन एफसीले विजयी शुरुवात गरेको छ । एड्रिक फुटसल मैदानमा भएको खेलमा न्यू होराईजन एफसीले लाखे एफसीलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

कार्यक्रमको एक समारोहका बिच बुटवल उपमहानगरपालिका वडा नं. ८ का वडाअध्यक्ष यज्ञप्रसाद पंगेनी, क्लबका उपाध्यक्ष जिवन राना, क्लबका संस्थापक अध्यक्ष तारा रेश्मी, क्लबका मार्गदर्शक बासुदेव लामिछाने मगर, खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले रेफ्रीलाई बल हस्तान्तरण गरि उद्घाटन गरे ।

प्रतियोगिताको उपाधि विजेता टिमले नगद ७० हजार तथा उपविजेता टिमलाई ३५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने कार्यक्रम संयोजक बारिस रानाले बताए । यसैगरि प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई २ हजार ५ सय, उत्कृष्ट गोलकिपर र हाई स्कोररलाई नगद २ हजार रुपैया, कपबाट पुरस्कृत गरिने उनले बताए । दुई दिनसम्म चल्ने प्रतियोगितामा २२ टिमले भाग लिएका छन ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्