Spread the love

बुटवल, १४ असोज ।
नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशनका लागि बुटवलमा सम्पर्क कार्यालय स्थापना गरि प्रचारप्रसार अघि बढाएको छ । बुधबार बुटवलको देवसिद्ध चोकमा रुपन्देही जिल्ला अधिवेसन सम्पादन समितिको सम्पर्क कार्यालयको औपचारिक उद्घाटन गर्दै केन्द्रिय सदस्य गुरु बरालले संस्थापन इतर समुहमा रहेका सदस्यहरु निरन्तर र ईमान्दारीताको लडाईमा उभिएको बताए । योजनाबद्ध रुपमा विशेष महाधिवेसन रचिएको दाबी गर्दै उनले समानान्तर रुपमा हुन गइरहेको १५ औं महाधिवेशनका लागि गठन भएको केन्द्रीय निर्वाचन समिति आफनो जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा नेपाली काग्रेस पार्टी रुपन्देही जिल्ला संयोजक गुणाखर भ्रुतेलले अहिले दुई स्थानमा अधिवेसन शुरु भएको उनले बताए । असोज ४ देखि गगन थापा समुह तथा शेर बहादुर देउवा र शशांक कोईरालाको समुहको असोज १५ गतेबाट आफुहरु गर्न लागेको बताए । उनले भने –‘दुइ वटा काग्रेसको अवस्था सृजना भएको छ । हामीले चाहेका थियो विशेष अधिवेसन नगरौ । एउटै अधिवेसन गरौ ।’ यसले पार्टी भित्र अन्य किसिमका समस्या निम्त्याउनेमा आशंका गरेको भएपनि थापा समुह जबरबस्ती विशेषमा लागेको आरोप लगाए । अहिले पनि ४ गतेको अधिवेसनलाई सारेर एक ठाउ गोलबद्ध भएर गरौ भन्ने माग राखेको उनले दाबी गरे ।

कार्यक्रममा नियमित महासधिवेसनका केन्द्रिय प्रतिनिधी डा दामोदर भुषालले महामन्त्रीको क्रियाशिल सदस्यताको ब्यवस्थापनको प्रमुख जिम्मेवारी आफु सम्पादन नगर्ने र सर्वसम्मत रुपमा घोषणा गरेको नियमित अधिवेसन सम्पादन गर्न नसकेर, नगरेर प्रायोजित रुपमा विशेष अधिवेसन ल्याउने काम गरेको आरोप लगाए । निर्देशिकाअनुसार १५ औं महाधिवेशनअन्तर्गत चयन हुने वडादेखि केन्द्रीय कार्यसमितिहरूमा १८ देखि २८ वर्षसम्मका एक महिलासहित दुई युवासँगै ४० वर्षमुनिका एक महिलासहित कम्तीमा दुई जना युवाको प्रतिनिधित्व अनिवार्य हुने ब्यवस्था रहेको उनले बताए । वडा अधिवेसन असोज १५ गतेदेखि शुरु हुनेछ । यसैगरि पालिका अधिवेसन असोज २० गते, प्रदेश निर्वाचन क्षेत्र एवं प्रतिनिधि सभा क्षेत्रको अधिवेसन असोज २३ गते, जिल्ला अधिवेसन कार्तिक २५ गते, मंसिर ४ गते प्रदेश अधिवेसन र मंसिर २१, २२ र २३ मा महाधिवेसन हुने उनले बताए । त्यसै अन्तरगत १५५ वटै वडामा अधिवेसन गर्ने गरि तयारी रहेको उनले बताए ।

भिडियो रिर्पोट

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्