Spread the love

बुटवल, १२ असोज ।
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) लुम्बिनीको वार्षिक साधारण सभा सम्पन्न भएको छ । आईतबार भएको साधारण सभाबाट नयाँ बोर्डको अध्यक्षमा विकास पाण्डे चयन भएका छन् । मञ्चको नयाँ बोर्डमा आईपिपि राजन कसजू रहेका छन् । यस्तै, लर्निङ चेयरमा विवेक कसौधन, ग्रोथ एन्ड एक्सपान्सन चेयरमा अभिनव थापा, फाइनान्स चेयरमा अभिषेक पाठक र मेम्बरसिप चेयरमा अनिश पाठक चयन भएका छन् ।

त्यसैगरी नेटवर्क एन्ड कम्युनिकेसन चेयरमा अर्जुन पाठक, स्टार्टअप चेयरमा अनमोल मित्तल तथा एक्जिक्युटिभ डाइरेक्टरमा रुस्तम कँडेल रहेका छन् । बोर्डमा फाइनान्स को–चेयरमा आशिष घिमिरे र मेम्बरसिप को–चेयरमा अमृत भुसाल चयन भएका छन् ।

बोर्ड बैठकसंगै नवनिर्वाचित अध्यक्ष पाण्डेले आफनो कार्यकालमा सिग्नेचर प्रोजेक्टका रुपमा सिएनआई ईग्नाईट संचालन गर्ने बताए । यसैगरि वार्षिक योजना अनुसारका युवा उद्यमीहरुलाई क्षमता विकास तथा समुदाय केन्द्रित रचनात्मक कार्यक्रमहरु समेत रहेको उनले बताए ।

भिडियो रिर्पोट

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्