Spread the love

भैरहवा । रुपन्देही प्रहरीले भन्सार छली गरेर ल्याइएका करिब ६ लाख रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको छ । जिल्लाको सिद्धार्थनगर नगरपालिका–१, कोटिहमाई मन्दिर नजिकबाट प्रहरीले ६ लाख १० हजार २०० रुपैयाँ बराबरका १२ बोरा चियापत्ती र ६६ पिस लेडिज सुट नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरी टोलीले शंकास्पद रूपमा रहेका सामान नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बेलहिया, रुपन्देही पठाइएको प्रहरीले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्