Spread the love

पोखरा,२३ भदौ ।

‘५औँ पोखरा फोटोग्राफी अवार्ड २०८३’ अन्तर्गत ‘कल्चर एण्ड टुरिजम फोटोग्राफी अवार्ड’ बुटवलका फोटोग्राफर मोहन महतोले प्राप्त गरेका छन् । पोखरा फोटोग्राफर संघद्वारा आयोजित एक समारोहका बीच उत्कृष्ट तस्बिर संकलन तथा सिर्जनशीलताको मूल्यांकन गर्दै महतोलाई प्रथम पुरस्कार र ट्रफीसहित सम्मान गरेको अयोजकले बताएको छ ।

नेपालको कला, संस्कृति र पर्यटकीय सम्भावनामूलक दृश्यहरूलाई लेन्सका माध्यमबाट उजागर गर्दै आएका महतो लामो समयदेखि बुटवलमा ग्यालेक्सी फिल्मस् नेपालमार्फत व्यावसायिक फोटोग्राफी तथा भिडियोग्राफीमा सक्रिय छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्