Spread the love

बुटवल, ९ भदौ ।
बागलुङको सामान्य परिवारकी मिना सुनार सानैदेखी खेलमा रुचि थियो । दीदि शान्ता सुनार बुटवलमा भलिबल प्रशिक्षणमा थिईन । भर्खर सात कक्षामा पढ्दै घरमा आमालाई सघाउने उनि दीदीको आग्रहमा बुटवल भलिबल सिक्ने निधो गरिन । मिनाको उचाइ र शारीरिक बनोट भलिबल खेलाडी झै थिईन । तर उनमा अभ्यास र खेल कलाको अभाव थियो । प्रशिक्षक अर्जुन घिमिरेले उनलाई बुटवल ल्याए । मिना बुटवलस्थित एभरेस्ट बोर्डिङमा कक्षा ८ मा भर्ना भइन् । बुटवलको एभरेष्ट भलिबल क्लबमा दीदिसंगै उनि प्रशिक्षणमा लागिन ।

शुरुका दिन उनलाई केही कठिनाई भयो । भलिबलमा सफल खेलाडी बन्ने अठोट लिएकी उनी निरन्तर खेलमा लागिन । अन्य खेलाडीहरूभन्दा अग्ली र शारीरिक रूपमा बलियो हुदा उनको सम्भावना देखेर प्रशिक्षक घिमिरेले विशेष ध्यान दिँदै अतिरिक्त प्रशिक्षण दिन थाले । प्रशिक्षक घिमिरेका अनुसार मिनाले सुरुवातदेखि नै सिक्ने क्षमता र खेलप्रतिको लगाव देखाएकी थिइन् । त्यसैले उनलाई अनुभव बटुल्ने अवसर दिन पहिलो चरणदेखि नै एनभीए कप तथा विभिन्न लिग प्रतियोगितामा टोलीमा समावेश गरिएको थियो । “अरूभन्दा अग्ली र बलियो भएकाले उनीमा सम्भावना देखेर सुरुदेखि नै एनभीए कप र लिगका खेलमा टोलीमा राखेर अनुभव दिलाउने प्रयास गरे ।” प्रशिक्षक घिमिरेले भने ।

मिनाको परिवारमा पनि भलिबलको वातावरण थियो । उनका बुवा र दाजुसमेत भलिबल खेलाडी रहेकाले खेलप्रतिको रुचि र क्षमता पारिवारिक रूपमै आएको प्रशिक्षक घिमिरेको बुझाइ छ । खेलाडी बन्ने गुण उनको रगतमा नै आएको घिमिरेको बताउछन । सफल ब्यवसायीक भलिबल खेलाडी हुदै नेपालको राष्ट्रिय भलिबल टिमको सदस्य बन्ने सोचलाई अघि बढाएकी उनको खेल जिवनमा ब्रेक लाग्यो । उनको खेलजिवनमा बाटो देखाउने

दिदी शान्ताको दुःखद निधन भयो । दिदीको निधनले मिनाको व्यक्तिगत जीवनसँगै उनको खेल करियरमा समेत ठूलो धक्का पुग्यो । केही समय उनको भलिबल यात्रा नै अन्योलमा परेको थियो । तर, कठिन परिस्थितिका बाबजुद उनले हिम्मत हारिनन् । प्रशिक्षक तथा आफन्तबाट पाएको प्रेरणाले उनी पुनः कोर्टमा फर्किइन् । त्यसपछि उनको खेल करियरले फेरि गति लिन थाल्यो । निरन्तरको मेहनतकै परिणामस्वरूप मिना उमेर समूह हुँदै राष्ट्रिय टोलीको यात्रामा पुगिन् । उनी यू–२० काभा प्रतियोगितामा नेपालका लागि खेलिसकेकी छन् । त्यसपछि नेपाली राष्ट्रिय महिला भलिबल टोलीबाट काभा प्रतियोगितामा समेत प्रतिनिधित्व गरिन् ।

मिनाको यात्रा यतिमै रोकिएको छैन । आगामी जापानमा हुने २० औँ एसियाली खेलकुदका लागि समेत उनी नेपाली टोलीमा छनोट भएकी छन् । बागलुङबाट सुरु भएको उनको भलिबल यात्रा अहिले अन्तर्राष्ट्रिय मञ्चसम्म पुगेको छ । हाल मिना एभरेस्ट इङ्लिस बोर्डिङ स्कुलमा छात्रावाससहित छात्रवृत्तिमा कक्षा १२ मा अध्ययनरत छिन् । पढाइसँगै भलिबललाई निरन्तरता दिइरहेकी मिनाको लक्ष्य अब राष्ट्रिय टोलीमा आफ्नो स्थान बलियो बनाउँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नु रहेको बताउछिन ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्