Spread the love

तिलोत्तमा, ९ भदौ ।
कक्षाकोठामा विद्यार्थीहरूको नेतृत्व क्षमता र अनुशासन अभिवृद्धि गर्न व्यावहारिक मार्गदर्शन प्रदान गर्ने उदेश्यका साथ विद्यालय तहका शिक्षकहरूका लागि विद्यार्थी गुणीय चक्र सम्बन्धी (एसक्यूसी) सहजकर्ता सीप विकास तालिम सम्पन्न भएको छ । एसक्यूसी सिद्धार्थ हबको आयोजनामा रुपन्देहीमा विभिन्न जिल्लाका शिक्षकहरुलाई विद्यार्थी गुणीय चक्र सम्बन्धी ज्ञान सीप अभिवृद्धि गराउने ३ दिने तालिम भएको हो ।

तालिममा क्वेस्ट नेपालका सल्लाहकार तथा प्रमुख प्रशिक्षक दिपक गौतम, मास्टर टे«नरहरु, ध्रुव खरेल, मिलन भण्डारी, रविराज काफ्ले, प्रभात के.सी., सुर्य पौडेल, चक्रपाणी बस्यालले सहजिकरण गरेका थिए ।

तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य रवि सेन्चुरीले तालिममा सहभागी शिक्षकहरूलाई प्रमाणपत्र र ब्याच गर्दै सिकेका सीप र अवधारणालाई आ–आफ्नो विद्यालयमा लागू गर्न आग्रह गरे ।

कार्यक्रममा क्वेस्ट नेपालका सल्लाहकार दिपक गौतम, सिद्धार्थ हवका सल्लाहकार कुल प्रसाद लामिछानेले तालिमको महत्वबारे प्रकाश पारे । तालिममा रुपन्देही, नवलपरासी र पाल्पाका गरी ३५ जना शिक्षकहरु सहभागी रहेका थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्