बुटवल । स्कलर्स होम बोर्डिङ सेकेन्डरी स्कुलको १४ औँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन बुटवलस्थित हायत प्यालेसमा सम्पन्न भएको छ । सभामा विद्यालयका विभिन्न विषय तथा प्रस्तावमाथि विस्तृत छलफल गरि निर्णय भएको विद्यालय ब्यवस्थापनका समितिका अध्यक्ष मनहरि बश्यालले बताए । साधारण सभाले नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति गठन गरी अनुमोदनसमेत गरेको छ ।
सभामा विद्यालयको शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउने विषयमा विशेष जोड दिइएको प्राचार्य बाबुराम बन्जाडेले बताए । गतिविधिमा आधारित शिक्षण तथा सिकाइ, शिक्षण–सिकाइ प्रक्रियामा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग तथा अभिभावकसँग नियमित अन्तरक्रिया कार्यक्रम सञ्चालन जस्ता कार्यक्रमहरुलाई प्राथमिकतामा राखिने उनले बताए ।
विद्यार्थीको सिर्जनशीलता, व्यावहारिक ज्ञान तथा सिकाइ उपलब्धि अभिवृद्धि गर्ने उद्देश्यले गतिविधिमा आधारित शिक्षण विधिलाई थप प्रभावकारी बनाउने निर्णय गरिएको छ । त्यस्तै, प्रविधिको उचित प्रयोगमार्फत शिक्षण–सिकाइलाई आधुनिक र प्रभावकारी बनाउने तथा अभिभावकसँगको सहकार्यलाई अझ सुदृढ गर्ने विषयमा पनि सभाले जोड दिएको छ ।
सभाले विद्यालयको आगामी कार्यदिशा, शैक्षिक गुणस्तर अभिवृद्धि तथा संस्थागत विकासका विषयमा समेत महत्वपूर्ण निर्णय गरेको छ ।





















