Spread the love

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

हाल मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा सामान्यतया बदली रहेको छ । त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा पनि सामान्यतया बदली रहेको छ भने लुम्बिनी र सुदूरपश्चिमका तराई भू–भागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।

कोशी र बागमती प्रदेशका केही तथा गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ । मधेश तथा सुदूरपश्चिमका तराई भू–भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भू–भागका थोरै स्थान तथा सुदूरपश्चिमका तराई भू–भागका एक–दुई स्थानमा पनि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ ।

मधेशसहित कोशी र सुदूरपश्चिमका तराई भू–भागका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनीका तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा भने धेरै भारी वर्षासमेत हुन सक्ने पूर्वानुमान गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्