Spread the love

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई ललितपुरको कुसुन्तीबाट पक्राउ गरेको हो । श्रेष्ठलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसूरमा उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरी परिसरको संयुक्त टोलीले पक्राउ गरेको हो ।

उनीविरुद्ध काठमाडौं प्रहरी परिसरले अदालतबाट पक्राउ पूर्जी लिएको थियो । श्रेष्ठ जनआस्था साप्ताहिक र जनआस्था डट्कमका सञ्चालक तथा सम्पादक हुन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्