Spread the love

बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चेसिस र इन्जिन नम्बर टेम्पर गरी चलाइएका दुई वटा सवारीसाधन नियन्त्रणमा लिएको छ। जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा प्रहरीले लु १ क ४०७६ नम्बरको हाइवा (टिप्पर) र लु २ त ५२०१ नम्बरको ट्र्याक्टर नियन्त्रणमा लिएको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा दुवै सवारीसाधनको चेसिस तथा इन्जिन नम्बर टेम्पर गरी चलाइएको खुलेपछि आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालय (सवारी) रुपन्देहीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रहरीका अनुसार सवारीसाधनको पहिचान नम्बरमा छेडछाड गरी सञ्चालन गरिएको विषयमा थप आवश्यक प्रक्रिया यातायात व्यवस्था कार्यालयबाट अघि बढाइनेछ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले सवारीसाधन चेकजाँचका क्रममा शंकास्पद गतिविधि देखिएपछि अनुसन्धान अघि बढाइएको जानकारी दिए।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्