Spread the love

बुटवल, ५ असार ।
रुपन्देही सम्पन्न प्याब्सन लुम्बिनी प्रदेश अन्तरविद्यालय क्रिकेट प्रतियोगिता २०८३ को उपाधि न्यू होराईजन माबिले चुमेको छ । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा भएको फाईनल खेलमा न्यू होराईजन बोर्डिङ स्कुलले दाङको पुलन्धरा ईगलिस बोर्डिङ एकेडेमीलाई ७ विकेटले पराजित गर्दै उपाधि चुमेको हो । न्यू होराईजनले अब राष्ट्रिय प्रतियोगितामा भाग लिनेछ । न्यू होराईजन माबिका प्रिन्स पाल प्लेयर अफ सिरिजबाट पुरस्कृत भए ।

सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको पुरन्धारा एभरेस्ट एकेडेमीले १६.३ ओभरमा सबै विकेट गुमाउँदै केवल ५७ रन मात्र बनायो । टोलीका लागि प्रिन्स थापाले १० रन तथा मनोज केसीले ११ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले ठूलो साझेदारी गर्न नसक्दा टोली सानो योगफलमा समेटियो । न्यू होराइजनका रिजन बुढाथोकीले ३.३ ओभरमा मात्र १३ रन खर्चेर ३ विकेट लिए । प्रिन्स पालले ४ ओभरमा ३ रन दिँदै २ विकेट तथा फैजान खानले १ विकेट लिए ।

सामान्य लक्ष्य पछ्याएको न्यू होराइजनले आक्रामक सुरुआत गर्दै ६.५ ओभरमै ३ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । ओपनर सफल भट्टराईले १३ बलमा १८ रन तथा प्रिन्स पालले ९ बलमा १७ रनको तीव्र पारी खेले । अनिश भट्टराई ११ रन र आशिष यादव ९ रनमा अविजित रहे । पुरन्धाराका लागि दक्ष ठकुरीले ३ विकेट लिए पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन । खेलमा उत्कृष्ट बलिङ प्रदर्शन गरेका रिजन बुढाथोकी ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

एक कार्यक्रमका बिच प्याब्सन केन्द्रिय सचिवालय सदस्य खेमेन्द्र राना, रूपन्देही क्रिकेट संघका अध्यक्ष हरि थापा, प्याब्सन लुम्बिनीका अध्यक्ष लालहरि पाण्डे, सचिव कृष्ण प्रसाद शर्मा, सदस्य हरि ज्ञवाली, खेलकुद पत्रकार मंचका अध्यक्ष सुमन अधिकारी, लुम्बिनी क्रिकेट संघका अध्यक्ष विनयराज भण्डारी, सदस्य प्रथम पराजुली, रुपन्देही क्रिकेट संघका सदस्य प्रशान्तबिक्रम मल्लले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरे । असार २ गतेदेखि शुरु भएको प्रतियोगितामा ८ टिम सहभागी रहेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्