Spread the love

बुटवल, ४ असार ।
बुटवलमा जारी सेभेन ए साईड कप नकआउट फुटबल प्रतियोगिता २०८३ मा एड्रिक फुटसल बुटवल र सैनामैना–१ विजयी हुदै अन्तिम चारमा स्थान बनाएका छन । बुटवल उपमहानगरपालिका वडा नं १५ को संरक्षकत्व तथा सृजना युवा क्लबको आयोजनामा विहिबार दोस्रो दिनको खेलमा एड्रिक फुटसल बुटवलले गोरकट्टा ब्वायजलाई ६–१ गोल तथा सैनामैना–१ ले कोब्रा ब्वायजलाई ५–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

मुक्तिधाम खेलमैदान बुटवल १५ मा भएको खेलमा पहिलो खेलमा एड्रिकका समुन्द्र ज्ञवाली प्लेयर अफ दी म्याच तथा दोस्रो खेलमा सैनामैनाका अनिस थापा प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

शुक्रबार पहिलो सेमीफाईनलमा सृजना युवा क्लब र इको बि तथा दोस्रो खेलमा एड्रिक फुटसल बुटवल र सैनामैना–१ बिचमा खेल हुने संयोजक मनोज थापाले बताए । प्रतियोगिताको उपाधि विजेता टिमलाई नगद २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने क्लबका अध्यक्ष अध्यक्ष सुन्दर पौडेलले बताए ।

यसैगरि विधागत सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, हाईस्कोररलाई समेत पुरस्कृत गरिने उनले बताए । असार ८ गतेसम्म चल्ने प्रतियोगितामा ८ टिम सहभागी रहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्