बुटवल, ३ असार ।
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ मा केप भर्डका ४० वर्षीय गोलकिपर भोजिन्हाको चर्चा अहिले विश्वभर चुलिएको छ । स्पेनविरुद्ध सोमबार राति भएको खेलमा उनले ७ उत्कृष्ट सेभ गर्दै खेललाई गोलरहित बराबरीमा टुंग्याउन महत्वपूर्ण भूमिका खेले । सन् २०१२ देखि राष्ट्रिय टोलीका लागि खेल्दै आएका भोजिन्हाले ४० वर्षको उमेरमा विश्वकप डेब्यु गर्दै नयाँ इतिहास रचेका हुन ।
विश्वस्तरीय खेलाडीहरूले भरिएको स्पेन लगातार आक्रमणमा उत्रिए पनि भोजिन्हा अभेद्य पर्खाल बने । उनको उत्कृष्ट प्रदर्शनकै कारण केप भर्डले विश्वकपमा महत्वपूर्ण एक अंक सुरक्षित गर्न सफल भयो उनी विश्वकपमा डेब्यु गर्ने विश्वकै दोस्रो सबैभन्दा जेठो खेलाडी बनेका छन् ।
उनले माल्दोभा, रोमानिया, साइप्रस र पोर्चुगलका साना क्लबहरूमा ओझेलमा परेर वर्षौंसम्म संघर्ष गरे। तर, उनले कहिल्यै हार मानेनन् । उनको प्रदर्शनले उमेरभन्दा पनि दृढ इच्छाशक्ति र निरन्तर मेहनतबाट सफलता सम्भव हुने सन्देश दिएका छन ।





















