Spread the love

काठमाण्डौ ।
साविक विजेता अर्जेन्टिनाले सन् २०२६ को फिफा विश्वकपमा आफ्नो उपाधि रक्षाको अभियान बलियो रूपमा सुरु गरेको छ । अमेरिकाको क्यान्सास सिटी रंगशालामा भएको खेलमा कप्तान लिओल मेसी जादुमयी ह्याट्रिकको मद्दतले अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गरेको हो। खेलको सुरुवात निकै रोमाञ्चक रह्यो ।

सुरुमै मेसी र अल्जेरियाका फारेस चैबी दुवैको गोललाई ’अफसाइड’ भन्दै रद्द गरिएको थियो । तर, खेलको १७ औं मिनेटमा रोड्रिगो डे पलको पासमा मेसीले डिबक्स बाहिरबाट उत्कृष्ट ’कर्लिङ’ प्रहार गर्दै पहिलो गोल गरे । दोस्रो हाफमा मेसी झन् आक्रामक देखिए । ६० औं मिनेटमा म्याक एलिस्टरको प्रहार लुका जिदानले बचाउन खोज्दा फर्किएको बललाई मेसीले दायाँ खुट्टाले प्रहार गर्दै दोस्रो गोल गरे । खेलको ७६ औं मिनेटमा निकोलस गोन्जालेजको पासमा बक्सको छेउबाट बायाँ खुट्टाको ट्रेडमार्क प्रहारमार्फत तेस्रो गोल गर्दै मेसीले आफ्नो विश्वकप करियरको पहिलो ह्याट्रिक पुरा गरे ।

यस ऐतिहासिक खेलमा ३८ वर्षीय मेसीले विश्वकप इतिहासमै सर्वाधिक गोल, ६ वटा विश्वकप खेल्ने पहिलो र एकमात्र खेलाडी (सन् २००६, २०१०, २०१४, २०१८, २०२२ र अहिले २०२६), अर्जेन्टिनाका लागि २०० औं खेल खेलेका, विश्वकपमा पहिलो ह्याट्रिक, सर्वाधिक विश्वकप खेल, साविक विजेताको रूपमा पहिलो जित जस्ता आधा दर्जन बढी रेकर्डहरू आफ्नो नाममा लेखेका छन ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्