Spread the love

बुटवल, १ असार ।
रुपन्देहीलाई सम्पन्न मदन भण्डारी कप यू–१९ विद्यालयस्तरिय राष्ट्रिय छात्र भलिबल प्रतियोगिताको उपाधि पोखरा युनाईटेड, कास्कीले चुमेको छ । सोमबार भएको फाईनलमा न्यूटन कलेज काठमाडौंलाई ३–१ सेटले पराजित गर्दै पोखराले उपाधि चुमेको हो । उपाधिसंगै पोखरा नगद १ लाख रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेता न्यूटन भने नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो ।

प्रतियोगितामा मणिमुकुन्द कलेज तेस्रो हुदै नगद ३० हजार रुपैया, कप, मेडल तथा न्यू होराईजन स्कुल सान्त्वना स्थान हासिल गर्दै नगद १५ हजार रुपैयाबाट पुरस्कृत भयो ।

प्रतियोगितामा पोखराका लोपसोन सुनार बेष्ट प्लेयर घोषित हुदै नगद १० हजार रुपैया, कपबाट पुरस्कृत भए । यसैगरि न्यूटनका अभिषेक बिक बेष्ट स्पाईकर, पोखराका दिलिप रेश्मीमगर बेष्ट लिबेरो, न्यूटनका दिप्सन शाही ठकुरी बेष्ट ब्लकर, पोखराका सुप्रिम भुजेल बेष्ट सेटर, मणिमुकुन्दका महेश नेपाली बेष्ट सर्भर, पोखराका निशान नेपाली बेष्ट अपोजित हिटटर तथा पोखराका तहलसिह थापा बेष्ट कोच घोषित हुदै जनही नगद ५ हजार रुपैया, कपबाट पुरस्कृत भए ।

देविनगरस्थित न्यू होराईजन खेलमैदानमा भएको प्रतिस्प्रर्धात्मक खेलमा पोखरा युनाईटेड, कास्कीले पहिलो सेट २५–२१ तथा दोस्रो सेट २५–१८ को अंकसहित जित निकाल्दै खेलमा अग्रता लियो । तेस्रो सेट भने न्यूटन खेलमा फर्कियो । तेस्रो सेट २५–२० को अंकसहित न्यूटनले आफनो पक्षमा पारेको थियो । चौथो सेट भने पोखराले २५–२० अंकसहित जित निकाल्दै उपाधि चुमेको हो ।

एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्याल, जिल्ला भलिबल संघका अध्यक्ष सुरेन्द्र शाक्य, मणिमुकुन्द कलेजका प्राचार्य टुक बहादुर क्षेत्री, जनप्रतिनिधि नहकुल शाही, एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले पुरस्कार वितरण गरे ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्