Spread the love

काठमाडौं ।
सामाजिक सञ्जाल मेटाका प्लेटफर्महरू करीब डेढ घण्टा अवरुद्ध भएको छ । लोकप्रिय प्लेटफर्म फेसबुक, इन्स्टाग्राम र मेसेन्जरमा शुक्रबार साँझ सात बजेदेखि प्राविधिक समस्या देखिएको थियो । समस्याका कारण नेपालसहित विश्वका विभिन्न देशका प्रयोगकर्ताहरू प्रभावित भए ।

प्रयोगकर्ताहरूले अकाउन्ट प्रयोग गरिरहेकै बेला स्वतः लगआउट हुने, समाचार फिड लोड नहुने, सन्देश पठाउन तथा प्राप्त गर्न समस्या हुने जस्ता कठिनाइ भोगिरहेका छन् । समस्याका कारण फेसबुक र इन्स्टाग्रामका सामग्रीहरू अद्यावधिक हुन नसकेको तथा मेसेन्जरमार्फत सन्देश आदानप्रदानमा अवरोध उत्पन्न भएको प्रयोगकर्ताहरूले बताएका छन् ।

यी सेवा सञ्चालन गर्ने मेटा कम्पनीले हालसम्म समस्याबारे कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन । साथै, समस्या के कारण उत्पन्न भएको हो भन्ने विषय पनि स्पष्ट भइसकेको छैन । प्राविधिक समस्या समाधानका लागि कम्पनीले काम गरिरहेको अनुमान गरिए पनि सेवा पूर्ण रूपमा कहिलेसम्म सुचारु हुन्छ भन्नेबारे कुनै आधिकारिक विवरण सार्वजनिक भएको छैन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्