Spread the love

बुटवल, २९ जेठ । बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षा, स्वास्थ्य, रोजगार, सूचना प्रविधि, खेलकुद तथा सुशासनलाई केन्द्रमा राख्दै नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ ।

नगरसभाबाट अनुमोदित नीतिले बुटवललाई प्रविधिमैत्री, सुरक्षित, समृद्ध र बस्नयोग्य सहरका रूपमा विकास गर्ने लक्ष्य लिएको छ । नगर प्रमुख खेलराज पाण्डेयले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा “पढाइसँगै रोजगार”, “शिक्षामा सबल, बुटवल अब्बल” तथा “आईटी क्षेत्रको विकासबाट निकास” अभियानलाई विशेष जोड दिइएको छ।

सामुदायिक विद्यालयमा आईसीटी प्रयोगशाला, ई–लर्निङ, छात्रवृत्ति व्यवस्थापनको डिजिटलीकरण तथा प्राविधिक शिक्षाको विस्तार गरिने भएको छ । स्वास्थ्यतर्फ जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम, १०० शय्याको ट्रमा अस्पताल, आधुनिक आँखा अस्पताल, फिजियोथेरापी अस्पताल तथा महिला र बालबालिका लक्षित स्वास्थ्य सेवा विस्तार गरिनेछ ।

राजस्व र शहरी व्यवस्थापनअन्तर्गत व्यवसाय दर्ता अनिवार्य, नाइट मार्केट सञ्चालन, ठेला व्यवसाय व्यवस्थापन, लुम्बिनी बस टर्मिनलको स्तरोन्नति तथा सडक अतिक्रमण नियन्त्रणका कार्यक्रम अघि सारिएका छन्।नगरले डिजिटल पालिका, साइबर सुरक्षा, एआई प्रतियोगिता तथा अधिकांश सेवा अनलाइनमार्फत प्रवाह गर्ने योजना पनि सार्वजनिक गरेको छ । खेलकुदतर्फ राष्ट्रियस्तरका प्रतियोगिता, फुटबल मैदान, क्रिकेट रंगशाला तथा स्पोट्र्स टुरिजम हब निर्माणलाई प्राथमिकता दिइएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्