Spread the love

बुटवल, २६ जेठ ।
बुटवलको मणिमुकुन्द सेन उद्यान संरक्षण समिति जुन फुलबारी नामले चिनिन्छ । जँहा वार्षिक सात लाख पर्यटक भित्रने गर्दछन । यसमध्ये एक लाख त भारतिय पर्यटक नै हुन्छन । विशेष गरी पर्यटकहरु घुमफिर, शैक्षिक अवलोकन, पिकनिक र मनोरन्जनात्मक गतिविधिका लागि आउने गर्दछन् ।

फुलबारी आफैमा सामरिक र ऐतिहासिक महत्व रहेको स्थान हो । त्यहा रहेको सेन वसिय राजा मणिमुकुन्दको सितकालिन भग्नावशेष दरबार, श्री स्वामीनारायण मुकुन्द धाम, करिब पाँच सय वर्षीर्य पुरानो शिवालय मन्दिर, मजार थान जस्ता ऐतिहासिक धरोहर र संस्कृतिले धेरै पर्यटकलाई लोभ्याउने गर्दछ । त्यहा रहेको प्राकृतिक सौन्दर्यपूर्ण हरियाली बगैचा, रगिचगि फुलहरु र मनोरम प्रकृतिक दृश्यले पर्यटकहरुको थकानलाई मेटाउदै आनन्दित बनाउने गर्दछ ।

अहिले फुलबारीमा आउने पर्यटकलाई लक्षित गरि पार्क हस्पिटालिटीको अवधारण अनुसार काम भईरहेको मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका अध्यक्ष माधव प्रसाद नेपालले बताए । पर्यटकलाई आकर्षित गर्नको लागि कुडुले घर निमार्ण, भ्यू पोईन्ट सजावट, वाटर रिचार्ज सेन्टर लगायतका निमार्णका काम भएका छन । फुलबारीको मुख्यद्धार हुदै भित्रने पर्यटकहरुले पार्कमा पुराना भग्नावशेष दरबार, वनजगल, फूलवारी, झरना, शहीद स्तम्भ र चिडियाखाना अवलोकन गर्नेमात्र नभई पश्चिम तर्फ रहेको शान्त र मनोरमस्थलमा हस्पिटालिटी सेवा पाउने छन ।

पुराना सालका रुखहरुमा आकर्षक सजावट गर्ने र ट्रि रेष्टुरेन्टहरु निमार्ण गरिने छ । पार्क हस्पिटालिटी अन्तरगत आर्कषक सिढीमार्गको शुभारम्भ गरिएको छ । लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री भोज प्रसाद श्रेष्ठले बुटवलको उद्यानमा पूर्वाधार विकासमा लुम्बिनी प्रदेश सरकार र स्थानिय सरकार साथै सबै सरोकारवालाहरुको सहयोग जरुरी रहने बताए ।

प्रकृतिको संरक्षणसंगै युवा पर्यटकहरुलाई भुलाउने गरि यो उद्यानले अवलम्बन गरेको विशिष्टिकृत पार्कको अवधारण नमुना मोडल बनेको समितिका कोषाध्यक्ष मिलेन्द्र श्रेष्ठले बताए । देशका अन्य पार्क तथा पर्यटकिय गन्तव्यले पनि अप्नाउदा उपलब्धिमुलक हुने देखिन्छ ।

भिडियो रिर्पोट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्