Spread the love

बुटवल, २५ जेठ ।
नेपालमा क्रिकेटबाट खेल पर्यटनको सम्भावना रहेको नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रिय अध्यक्ष चतर बहादुर चन्दले दाबी गरेका छन । पछिल्लोसमय पूर्वाधार विकास र नेपाली क्रिकेट खेलमा भएको विकासका कारण यहा अन्तर्राष्ट्रिय प्रतियोगिता संचालन गरेर विदेशी समर्थक, खेलाडी, प्रशिक्षक र खेल पदाधिकारी भित्राएर होटल, यातायात, रेष्टुरेन्ट तथा अन्य पर्यटन व्यवसायबाट प्रत्यक्ष लाभ लिन सकिने सम्भावना रहेको उनले दाबी गरे ।

रुपन्देही क्रिकेट संघको ३० औ वार्षिक साधारण सभा पाचौ अधिवेसन उद्घाटन गर्दै उनले विश्वका धेरै देशहरूले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, खेल मैदान र खेल संस्कृतिलाई पर्यटनसँग जोडेर आर्थिक लाभ हासिल गरिरहेका बताए । नेपालमा पनि क्रिकेटप्रतिको बढ्दो आकर्षणले खेल पर्यटनको नयाँ सम्भावना सिर्जना गरेको उनको भनाई छ । लुम्बिनी, पोखरा, चितवन तथा काठमाडौंजस्ता पर्यटकीय गन्तव्यसँग क्रिकेट प्रतियोगिता जोड्न सकिए खेल र पर्यटन दुवै क्षेत्रले लाभ लिन सकिने उनले बताए ।

२०५२ सालदेखि आफु क्रिकेट क्षेत्रमा अग्रसर रहेको स्मरण गर्दै नेपालको क्रिकेटमा नया नेतृत्वलाई अवसरसंगै चुनौती रहेको बताए । राष्ट्रिय टिमबाट खेलेका केहि सिमित खेलाडीबाहेक अन्यलाई रिटार्यड हुने अवस्थामा कस्तो बेवस्था गर्ने भन्ने योजना बनाउने समय आएको समेत उनले बताए । कार्यक्रममा संघका अध्यक्ष हरि बहादुर थापाले रुपन्देहीको क्रिकेट विकास र यसमा यहाका पूर्व खेलाडी, खेलप्रेमीहरुको योगदानको चर्चा गरे । जिल्लामा क्यानबाट आउने केही सहयोगबाहेक कुनै नियमित श्रोत नभएको उनले दुखेसो गरे ।

कार्यक्रममा सिद्घार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारी, पूर्वअध्यक्ष प्रेम सेन्चुरी, रुपन्देही क्रिकेट संघका अध्यक्ष कोशिश खड्का, जिल्ला समन्वय समितिका पुर्व अध्यक्ष एकराज बिश्वकर्मा, क्रिकेट संघका पुर्व केन्द्रिय सदस्य आशा गुरुगं, सिद्धार्थ होटल एशोसियसनका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले देशको अन्तर्राष्ट्रिय छवि निर्माण गर्नुका साथै पर्यटन उद्योगलाई समेत थप चलायमान बनाउन क्रिकेट खेलको महत्वपूर्ण भूमिका रहने सक्ने बताए । कार्यक्रममा पत्रकारहरु माधव ढुगाना, रबिन्द्र गुप्ता र प्रकाश न्यौपानेलाई नगद सहित सम्मान गरिएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्