Spread the love

भैरहवा, २५ जेठ ।
रुपन्देही क्रिकेट संघको ३० औ वार्षिक साधारण सभा पाचौ अधिवेसन अन्तर्गत हुने नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अन्तरगत मतदान शुरु भएको छ । यसअघि उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिएको थियो । निर्वाचन समितिको कार्यालयले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा सदस्य पदका लागि विभिन्न व्यक्तिहरू चुनावी मैदानमा उत्रिएका छन् ।

अध्यक्ष पदका लागि हरिबहादुर थापा र शक्तिप्रसाद गौचनबीच प्रतिस्पर्धा हुने भएको छ । त्यसैगरी उपाध्यक्षमा खेमराज भुसाल र सञ्जीव जोशी, सचिवमा प्रथम पराजुली र उदयकुमार मल्लिक तथा कोषाध्यक्षमा सरोजजित सरकार र धिरज अधिकारी क्षेत्री उम्मेदवार बनेका छन् । महिला सदस्य पदमा उमा अधिकारी र अलिशा केसीले उम्मेदवारी दिएका छन् । सदस्य पदमा २१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

निर्वाचन समितिले उम्मेदवारी दर्ता, दाबी–विरोध तथा नाम फिर्ता प्रक्रिया सम्पन्न भएपछि अन्तिम नामावली सार्वजनिक गरेको जनाएको छ । सार्वजनिक सूचीमा सिद्धार्थनगर, तिलोत्तमा, बुटवल, ओमसतिया तथा सियारी क्षेत्रका क्रिकेटकर्मीहरूको उल्लेख्य सहभागिता रहेको छ ।

रुपन्देही क्रिकेट संघको आगामी नेतृत्व चयनका लागि हुने निर्वाचनलाई जिल्लाको क्रिकेट विकास र व्यवस्थापनको दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्