बुटवल, २१ जेठ ।
काठमाण्डौमा हुने चौथो राष्ट्रीय डोरी तान प्रतियोगितामा लुम्बिनी प्रदेशले प्रतिस्प्रर्धा गरेको छ । नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा गत हप्ता सम्पन्न डोरी तान प्रतियोगितामा विजेता टिम फिजिकल फिटनेशले नै प्रदेशबाट प्रतिनिधित्व गर्दै भाग लिएको हो ।
विहिबार पहिलो खेलमा लुम्बिनीले मधेस प्रदेशसंग प्रतिस्प्रर्धा गर्दैछ । बुधबार एक समारोहका बिच टिमका खेलाडी, अफिसियल गरि ११ जनाको टिमलाई बिदाई गरिएको थियो । टिममा सागर बश्याल, निरज केसी, प्रतिक पन्थ, सुरेश पेमी, सन्देश श्रेष्ठ, समिर रसाईली, दिनेश क्षेत्री, सोनु अनुराग सिह, विश्व ज्ञवाली खेलाडीहरु रहेका छन ।
यसैगरि टिम कोचमा मनोज सिह रहेका छन । प्रतियोगितामा ३ विभागिय सहित सात प्रदेशको गरि १० टिमको प्रतिस्प्रर्धा हुने भनिएपनि विभागिय टिम नेपाल आर्मी, गण्डकी, सुदुरपश्चिम भने अन्तिम समयमा सहभागी भएन ।





















