Spread the love

काठमाडौं ।

इन्डियन प्रिमियर लिग अन्तर्गत बुधबार भएको खेलमा सनराइजर्स हैदराबादले पञ्जाब किंग्सलाई ३३ रनले पराजित गरेको छ । यस जितसँगै हैदराबाद ११ खेलबाट १४ अंक जोड्दै अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ । अर्कोतर्फ, पराजित पञ्जाब ११ खेलबाट १३ अंकसहित दोस्रो स्थानमा झरेको छ । पञ्जाबको यो लगातार तेस्रो हार हो ।

पञ्जाब किंग्सले टस जितेर ब्याटिङको निम्तो दिएपछि हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २३१ रनको विशाल योगफल तयार पारेको थियो । हैदराबादका लागि हेनरिक क्लासेनले ४३ बलमा ६९ रनको उत्कृष्ट इनिङ्स खेले । त्यसैगरी इशान किशनले ३२ बलमा ५५ रन र ट्राभिस हेडले १९ बलमा २८ रनको योगदान दिए । पञ्जाबका लागि युजवेन्द्र चहल, लक्की फर्गुसन र अर्शदीप सिंहले १–१ विकेट लिए ।

कठिन लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर २०२ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि प्रभसिमरन सिंहले ५१ बलमा १०७ रनको शानदार अविजित शतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । मार्कस स्टोइनिसले २८ रन र सूर्यांश शेडगेले २५ रन बनाए ।

हैदराबादका कप्तान प्याट कमिन्स र शिवम कुमारले २–२ विकेट लिए भने नितिश कुमार रेड्डीले १ विकेट हात पारे । यो जितसँगै हैदराबादले प्लेअफको सम्भावनालाई थप बलियो बनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्