नेपालगन्ज, २४ वैशाख ।
बाँकेको कोहलपुरमा जारी चौथो कोहलपुर गोल्डकप फुटबल प्रतियोगितामा कोहलपुर रेसिङ सहारा क्लब फाइनलमा स्थान बनाएको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा लालीगुराँस एसोसिएसन क्लब पोखरालाई २–१ गोल अन्तरले पराजित गर्दै सहारा फाइनलमा प्रवेश गरेको हो ।
सहाराको जितमा निराजन खत्री र ओमप्रकाश चौधरीले गोल गरे । खेलको १६ औं मिनेटमा निराजन खत्री र ३८ औं मिनेटमा ओमप्रकाश चौधरीले गोल गरेका थिए । पोखराका लागि ६८ औं मिनेटमा रोशन छन्त्यालले सान्त्वना गोल फर्काए पनि खेलमा फर्कन सकेन । खेलकोसहारा क्लबका ओमप्रकाश चौधरी म्यान अफ द म्याचबाट पुरस्कृत भए । गोल्डकप वैशाख २६ मा समापन हुनेछ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1




















