Spread the love

बुटवल, २३ वैशाख ।
रुपन्देहीस्थित वेस्टर्न मेगा कलेजमा स्नातक तहमा चार वर्षे सूचना प्रविधि विषयको अध्यापन सुरु हुने भएको छ । नयाँ पुस्तामा सूचना प्रविधिको महत्व बढ्दै गइरहेको सन्दर्भमा कलेजले चालु शैक्षिक सत्रदेखि ‘ब्याचलर अफ इन्फरमेशन टेक्नोलोजी’ (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

बुधबार कलेज परिसरमा पत्रकार सम्मेलनको आयोजना गरि प्राचार्य किसु शर्माले प्रविधिमैत्री जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित बीआईटी कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइएको बताए । लिङकन युनिर्भसिटिबाट सम्बद्र्धन प्राप्त भएको यो त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्राप्त रहेको छ । सूचना प्रविधि क्षेत्र रोजगारी, उद्यमशीलता तथा विश्वव्यापी अवसरसँग प्रत्यक्ष रूपमा जोडिँदै जादा विद्यार्थीको आकर्षण पनि यसमा बढेको उनको दाबी छ ।

चार वर्षे उक्त कार्यक्रममार्फत विद्यार्थीलाई प्रोग्रामिङ, नेटवर्किङ, डाटाबेस व्यवस्थापन, वेब तथा सफ्टवेयर विकास, साइबर सुरक्षा लगायतका विषयमा सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरिने कलेजले जनाएको छ । साथै, उद्योगसँगको सहकार्य, इन्टर्नशिप र परियोजनामूलक सिकाइमार्फत दक्ष जनशक्ति उत्पादनमा जोड दिइनेछ ।

कलेजले नयाँ शैक्षिक सत्र २०८३ मा सामाजिक उत्तरदायित्व र विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन हुने गरि विविध रचनात्मक कार्यक्रम समेत गर्दैछ । जेठ १५ देखि असार १५ गतेसम्म ३० दिने निःशुल्क होटल व्यवस्थापन कार्यक्रम, साउनमा ३ दिने डब्लुएमसि जेआर मास्टर सेफ २०२६ प्रतियोगिता तथा सुचना प्रविधि शिक्षा सम्बन्धी एक दिने गोष्ठी र डब्लुएमसि हाकाथन कार्यक्रम बारे समेत प्राचार्य शर्माले जानकारी दिए । मास्टर सेफ प्रतियोगितामा प्रथम हुनेलाई नगद २५ हजार, द्धितीय हुनेलाई नगद १५ हजारसहित सम्मान पत्र र मेडल प्रदान गरिने उनले बताए ।

कार्यक्रममा आरम्भ ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष मेघराज पन्तले आर्थिक भन्दा पनि ब्यवहारिक ज्ञानसहित दक्ष जनशक्ति तैयार गर्न सफल भएको बताए । यसअघि कलेजमा विएचएम र एमविए अध्ययन हुदै आएको छ ।

भिडियो रिर्पोट

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्