Spread the love

बुटवल, २९ चैत

स्वर्गिय कमल राज पाठकको स्मृतिमा १३ औ संस्करणको अन्तर क्लबस्तरिय भलिबल प्रतियोगिताको उपाधि रोटरी क्लब अफ चौतारी र रोटयाक्ट तिलोत्तमा रुपन्देहीले चुमेको छ।

शनिबार भएको फाइनलमा रोटरी क्लब अफ चौतारीले रोटरी क्लब अफ बुटवल डाउनटाउनलाई २५–२१,२५–१८ को सोझो सेट तथा रोटयाक्ट तिलोत्तमा रुपन्देहीले रोटयाक्ट डाउनटाउनलाई २५–२३, २५–२३ को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेको हो ।

रोटरी क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास गर्ने उदेश्यका साथ रोटरी रोटयाक्ट बिचमा क्लबस्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष सुलभ घिमिरेले बताए।

एक समारोहबीच प्रतियोगिताको उपाधि विजेता, उपविजेता टिमलाई रनिङ शिल्ड, मेडल, प्रमाणपत्र तथा उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिएको खेल संयोजक रोशनी भण्डारीले बताइन्।

क्लबको सिग्नेचर प्रोजेक्टका रुपमा प्रतियोगिता रहेको उनले बताइन् । प्रतियोगितामा १२ रोट्याक्ट र ५ रोटरी क्लब सहभागी रहेको थियो।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्