Spread the love

बुटवल, २९ चैत

बुटवल पुल्चोक दुर्गा मन्दिर परिसरमा काल भैरव मन्दिर निर्माण गरिएको छ। आकर्षक शैलीमा मन्दिर तयार भएको हो ।

तिलोत्तमा मैजु खलको अगुवाईमा विभिन्न दाताहरुको सहयोगमा आठ वर्षमा मन्दिर निर्माण शुरु भएको थियो। बिसं २०७५ सालमा मन्दिर शिलन्यास भएको खलका अध्यक्ष मिलन श्रेष्ठले बताईन।दाताहरुको करीब ३५ लाख रुपैया सहयोगमा मन्दिर तयार भएको उनले बताईन।

आईतबार बिहान विधिपुर्वक पुजा गरिएको छ भने रथ यात्रा गर्ने तयारी रहेको छ। विशेष नेवारी कलासंस्कृति झल्कने गरि मृतकाल भैरव जात्रा गरिने आनन्द भगत श्रेष्ठ बताए।साझ नेवारी भोज समेत हुने छ। मन्दिर पूर्ण रुपमा तयार भएसंगै दुर्गा मन्दिर ब्यवस्थापन समितिलाई हस्तान्तरण गरिने भएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्