Spread the love

बुटवल ,१७ माघ ।

रगत अभावलाई मध्येनजर गर्दै फुलबारी गाईज बुटवलले शनिबार वृहत रक्तदान कार्यक्रम गरेको छ । ‘युवा एकता समाजको समृद्धिता’ नारासहित स्थापना भएको फुलबारी गाईज बुटवलले सामाजिक उत्तरदायित्व अन्तरगत नवौ नियमित रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

मिलनचोकस्थित हट कप क्याफेमा एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका प्रबक्ता तथा क्लबका पूर्व अध्यक्ष समेत रहेको युवा शिव रानाले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गर्दै शुभारम्भ गरे । स्थापनाकालदेखि नै क्लब सामाजिक कार्यलाई प्राथमिकतामा राख्दै आएको उनले बताए । युवाहरुलाई सामाजिक कार्यमा अग्रसर गराउदै राजनीतिक नेतृत्वमा ल्याउन सकिने उनले तर्क दिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष तेजु रानाले फुलबारी गाइज केवल एउटा समूह नभई समाज परिवर्तनको अभियान भएको बताए । अहिले ब्लड बैकमा विभिन्न रक्त समुहको रगत अभाव रहेको हुदा कार्यक्रम आयोजना गरि थोरै भएपनि मानविय सेवामा संस्थागत सहयोग गरेका बताए ।

कार्यक्रममा क्लबका वरिष्ठ सल्लाहकार हसन्त लामाले स्वास्थ्य, शिक्षा र सामाजिक चेतनामूलक कार्यक्रमहरूलाई पनि निरन्तरता दिन जरुरी रहेको बताए । नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र बुटवल शाखाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ५१ युनिट रगत संकलन भएको संयोजक राजन बुढाथोकीले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्