बुटवल,११ मंसिर ।

बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयले एमबीबीएस तथा इन्जिनियरिङतर्फ पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीहरुलाई सम्मान गरेको छ । शुक्रबार एक समारोहका बीच विद्यार्थीहरुलाई नगद र मायाको चिनोसहित सम्मान गरिएको हो ।

बिधालयले एमबीबीएसको पूर्ण छात्रवृत्तिमा २२ जना र इन्जिनियरिङतर्फ ३० जना विद्यार्थीलाई सम्मान गरेको जनाएको छ । कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई बुटवलका प्रमुख विष्णु प्रसाद पन्थिले कालिका मानवज्ञान विधालय सामुदायिक विधालयको ब्राण्ड भएको बताए । विधालयको यो सफलतामा विधालय परिवार, शिक्षक, विधार्थी र अभिभावकहरुको भुमिका रहेको उनको भनाई थियो ।

कार्यक्रममा पूर्व प्रअ घनश्याम पाठकले विगतका ईतिहास स्मरण गर्दै चुनौति बिच शुरुवात गरेर सफलता हासिल गरेको बताए । २४ जना शिक्षक बाट शुरु भएको अभियानले सामुदायिक विधालयले पनि उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्न सक्छ भन्ने उदाहरण स्थापित गरेको बताए ।

नँया पुस्ताले अब बिधालयको जिम्मेवारी लिएर कामको परिणाम देखाउनु पर्नेमा जोड दिए । देशभरबाट एमबीबीएसतर्फ ४०० जनाको कोटामा एउटै सामुदायिक विद्यालयबाट २२ जना र इन्जिनियरिङतर्फ ३० जना विद्यार्थीले पूर्ण छात्रवृत्तिमा नाम निकाल्नु ठूलो उपलब्धी रहेको विद्यालयका प्रधानाध्यापक विष्णुहरि ज्ञवालीले बताए ।

यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजेन्द्र खनाल, शिक्षक अभिभावक संघका अध्यक्ष इन्द्रमणि अर्याल लगायतले बोल्दै कालिकाले किताविज्ञानसँगै उत्कृष्ट नतिजा र दक्ष जनशक्ती उत्पादनलाई प्राथमिकतामा राखेर अघि बढेको उल्लेख गरे । कार्यक्रममा विद्यालयका निवर्तमान अध्यक्ष नित्यानन्द ज्ञवाली, कालिका क्याम्पसका अध्यक्ष होमबहादुर गलामी, शिक्षा विकास तथा समन्वय इकाईका शिक्षा शाखा अधिकृत झविलाल विक, अभिभावक लगायतको सहभागिता रहेको थियो । सोही अवसरमा उत्कृष्ट नतिजा ल्याउन सफल शिक्षकहरुलाई सम्मान गरिएको थियो ।

 

">
Bajaj Grand Exchange Mela