बुटवल, ११ मंसिर । गुल्मीको ऐतिहासिक तथा सांस्कृतिक पहिचानलाई खेलकुदमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यसहित प्रथम गुल्मी चारपाला दरबार फुटसल प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ । ‘हाम्रो जिल्ला, हाम्रो पहिचान, हाम्रो गौरव–गुल्मी’ भन्ने नारासहित गुल्मी चारपाला दरबार फुटसल समूहको आयोजनामा आगामी मंसिर १२ र १३ गते तिलोत्तमा नगरपालिकाको जानकीनगरस्थित मोनालिसा फुटसल मैदानमा प्रतियोगिता सञ्चालन हुने भएको हो ।

शुक्रबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको आवश्यक सम्पूर्ण तयारी पुरा भएको समुहका अध्यक्ष दिलिप कंडेलले बताए । गुल्मी जिल्लाको ऐतिहासिक पहिचानसँग जोडिएको चारपाला दरबार तत्कालीन गुल्मी राज्यको राजधानीका रूपमा परिचित रहेको भन्दै ऐतिहासिक विरासतलाई नयाँ पुस्तामाझ चिनाउने र खेलकुदमार्फत युवाहरूलाई एकताबद्ध गर्ने उद्देश्य प्रतियोगिता गर्न लागेको उनले बताए । फुटसल खेलमा मात्र सीमित नभई युवाहरुलाई एकतावद्ध गरि गुल्मीको ऐतिहासिक धरोहर, कला, संस्कृति र पहिचानलाई प्रवद्र्धन गर्ने अभियानका साथ आफुहरु लागेको उनले बताए । प्रतियोगितामा उत्कृष्ट २० टिम उपाधिका लागि भिड्ने छन ।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले नगद ३० हजार ३३ रुपैयाँसहित ट्रफी प्राप्त गर्ने उनले बताए । प्रतियोगिता सम्पन्न गर्न युवा विवेक रायमाझीसहित देशविदेशबाट समेत सहयोग भएको उनले बताए । यसैबिच प्रतियोगिताको टाईसिट शुक्रबार नै सार्वजनिक समेत गरिएको छ । शनिबार उद्घाटन खेलमा मोहन एफसी ए र लाखे एफसीका बिचमा हुने छ ।

भिडियो रिर्पोट

">
Bajaj Grand Exchange Mela