Spread the love

बुटवल, १० असोज । बाढी तथा वर्षाको पूर्वसूचना प्रवाहमा महत्वपूर्ण मानिएको दोभानमा जडित बाढी तथा वर्षा मापन सेन्सर मेशिन मर्मतपछि पुनः सञ्चालनमा आएको छ । केही समयदेखि प्राविधिक समस्याका कारण बन्द रहेको सेन्सर मर्मतपछि सञ्चालनमा ल्याइएको हो । सेन्सर मर्मत तथा सञ्चालनमा ल्याउन प्राविधिक टोली खटिएको थियो ।

कोहलपुरबाट आएको प्राविधिक टिमले शुक्रबार जोखिमपूर्ण रुपमा काम सम्पन्न गरेको सिद्धबाबा मन्दिर ब्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा समाजसेवी सन्तोष शेरचनले बताए । सोही स्थानमा पानीको बहाव मापन गर्ने मिटर गेजसमेत रहेको छ ।

घरैबाट मोनिटरिङ गर्न सकिने सेन्सरबाट वर्षाको मात्रा तथा नदीको जलसतहसम्बन्धी तथ्यांक संकलन गरी सम्भावित बाढीको पूर्वसूचना प्रणालीमा सहयोग पु¥याउदै आएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्