बुटवल, २७ भदौ ।
रुपन्देहीमा सम्पन्न प्रथम इन्डोर सुपर सेभेन च्याम्पियनसिप–२०८३ को उपाधि द फ्रेम फ्याक्ट्री बुटवलले चुमेको छ । शनिबार भएको फाइनलमा द फ्रेम फ्याक्ट्री बुटवलले ग्रान्ड कस्मो लुम्बिनीलाई २० रनले पराजित गर्दै उपाधि हात पारेको हो । उपाधिसंगै उसले नगद १५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ ।
बुटवल योगीकुटीमा रहेको क्रिकबक्स एरिनामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको द फ्रेम फ्याक्ट्री बुटवलले निर्धारित ८ ओभरमा ५ विकेट गुमाउँदै ७५ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको ग्रान्ड कस्मो लुम्बिनीले ८ ओभरमा ५ विकेट गुमाएर ५३ रन मात्र बनाउन सक्यो । योसंगै द फ्रेम फ्याक्ट्री बुटवल पहिलो इन्डोर सुपर सेभेन च्याम्पियनसिपको विजेता बनेको हो । ग्रान्ड कस्मो लुम्बिनी उपविजेतामा सीमित भयो । प्रतियोगितामा १४ टोलीले प्रतिस्प्रर्धा गरेका थिए ।




















