Spread the love

बुटवल, २७ भदौ । नेपाल मगर युवा संघ, रूपन्देहीको दोस्रो जिल्ला अधिवेशनबाट खेमबहादुर आलेको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति निर्विरोध निर्वाचित भएका छन । अधिवेशनबाट उपाध्यक्षमा खगिसरा थापा, सचिवमा वीरबहादुर राना, सहसचिवमा रमा थापा र कोषाध्यक्षमा सन्तु राना निर्वाचित भएका छन् । यसैगरि सदस्यहरूमा आकृति थापा, सुदीप थारा, बुद्ध थापा, सोनी अध्येयी मगर र कृष्ण सुनारी निर्विरोध चयन भएका छन् ।

एक समारोहका बिच अधिवेशनको उद्घाटन गर्दै नेपाल मगर संघ केन्द्रीय समितिका सदस्य सोनु थापाले मगर युवाहरू संघको उत्थानमा मात्र सीमित नभई व्यक्तिगत श्रीवृद्धिका लागि स्वरोजगार तथा उद्यमशील बन्नुपर्नेमा जोड दिए । मगर संघको सामाजिक तथा आर्थिक पक्ष लामो समयदेखि भूतपूर्व सैनिक सेवाको आयबाट नै चलेको दाबी गरे । मगर युवाहरू अब नेतृत्व लिन र आर्थिक रूपमा आत्मनिर्भर बन्न आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल मगर युवा संघका केन्द्रीय महासचिव रामबहादुर अस्लामी, केन्द्रीय सदस्य डीबी थापा, कार्यक्रममा नेपाल मगर युवा संघ, रूपन्देहीका अध्यक्ष हेमन्त बुढाथोकी, संघका उपाध्यक्ष पहलसिंह राना, सचिव खेम आलेले नया नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिए ।

अधिवेशनपछि निर्वाचन मण्डलका अध्यक्ष अधिवक्ता बालकिशोर राना तथा सदस्यद्वय रामबहादुर अस्लामी र थर्कबहादुर बारघरेले नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र प्रदान गर्दै पद तथा गोपनीयताको शपथ गराएका थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्