Spread the love

काठमाडौं ।
मलेसियामा जारी एसीसी प्रिमियर कपको उपाधिका लागि नेपाल र युएई भिड्ने भएका छन । नेपालले उत्कृष्ट बलिङ गर्दै सेमिफाइनलमा ओमानलाई ८७ रनले तथा युएईले हङकङ चाइनालाई ७ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।

पहिलो खेलमा नेपालले दिएको १४८ रनको लक्ष्य पछाएको ओमानले २८.१ ओभरमा अलआउट हुदै ६० रन मात्र बनाएको हो । नेपालका लागि कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले ३–३ विकेट लिए भने ललित राजबंशी र रोहित पौडेलले २–२ विकेट लिएका थिए । त्यस्तै ओमानका लागि जतिन्दर सिंहले सर्बाधिक २५ रन बनाए भने जितेन रमानान्दीले १२ रन बनाए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ४५.४ ओभरमा अल आउट हुदै १४७ रन बनाएको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ५१ रन बनाए भने बसिर अहमदले ४७ रन बनाएका थिए । त्यस्तै ओमानका बलर जय विराम ओडेदारा र हसनैन शाहले ३–३ तथा मुहमद इमरानले २ विकेट लिएका थिए ।

अर्को खेलमा हङकङ चाइनाले दिएको केवल ७१ रनको लक्ष्य पछाएको युएईले ११.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गरेको हङकङ चाइनाले हैदर अलीको घातक बलिङको अगाडी ३०.१ ओभरमा अल आउट हुदै ७० रन मात्र बनाएको थियो । अलीले ६ विकेट लिएका थिए । अब शनिबार फाइनल खेल हुने छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्