Spread the love

बुटवल, १८ भदौ ।
पश्चिम नेपाल बस व्यवसायी प्रालिले नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासघमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ । पश्चिम नेपाल बस ब्यवसायी प्रा. लि. का काठमाण्डौ शाखा प्रमुख डिल्लीराज भुसाल मार्फत सो रकम बराबरको चेक महासघका अध्यक्ष पुण्य प्रसाद सिटौला (सरोज) लाई हस्तान्तरण गरेका छन ।

विनाशकारी बाढीका कारण भिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भइरहेका बेला पीडित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका उपयोग हुने गरि सो रकम सहयोग गरेको प्रालिका अध्यक्ष दधिराम खरेलले खस्यौलीखबरलाई बताए । ‘विपद्को पीडामा थोरै भएपनि सहयोग गर्न सफल भयौ ।’–उनले भने ।

आफुहरु लामो समयदेखि सार्वजनिक यातायात क्षेत्रमा सेवा दिँदै संस्थागत हकअधिकारसंगै सामाजिक उत्तरदायित्वमा समेत योगदान दिदै आएको उनले बताए ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्