Spread the love

बुटवल, १८ भदौ ।
नेपाली खेलकुदको प्रतिष्ठित पल्सर स्र्पोटस अवार्ड अन्तरगत मिना सुनारले पिपुल्स च्वाइस अवार्ड जितेकी छिन । दर्शक तथा खेलप्रेमीहरुको मतका आधारमा प्रदान गरिएको पिपुल्स च्वाईस अवार्डमा सुनार विजेता बनेकी हुन ।

यो अवार्डमा रुपन्देहीकी भलिबल खेलाडी मिना सुनारसहित फुटबलका पुजा राना, करातेकी सानुमाया थिङ, क्रिकेटका शेर मल्ल, मिक्स मार्सल आर्टका चर्चित रबिन्द्र ढाँट मनोनयनमा रहेका थिए ।

आगामी जापानमा हुने २० औँ एसियाली खेलकुदका लागि समेत उनी नेपाली टोलीमा छनोट भएकी छन् । बागलुङबाट सुरु भएको उनको भलिबल यात्रा अहिले अन्तर्राष्ट्रिय मञ्चसम्म पुगेको छ । हाल मिना एभरेस्ट इङ्लिस बोर्डिङ स्कुलमा छात्रावाससहित छात्रवृत्तिमा कक्षा १२ मा अध्ययनरत छिन् । पढाइसँगै भलिबललाई निरन्तरता दिइरहेकी मिनाको लक्ष्य अब राष्ट्रिय टोलीमा आफ्नो स्थान बलियो बनाउँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नु रहेको बताउछिन ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्