बुटवल, १८ भदौ ।
सुस्तामा नेपाल र भारतको सीमास्तम्भ मानिएको सिमलको रुख गण्डकी नदी कटानले ढलाएको छ । विहिबार सुस्ताको पूर्वतर्फबाट भएको कटानले सिमलको रुख ढलाएको हो । पछिल्लो डेढ महिनादेखि लगातार बढेको गण्डकबाट सो क्षेत्रको ७ हजारमध्ये ७ सय हेक्टर जमिन कटान भएको सुस्ता बचाउ अभियानका युवा संयोजक योगेन्द्र गौतमले बताए ।
गण्डक नदीमा तटबन्धनको काममा ढिलाई र कमसल हुदा क्षति धेरै भएको उनले बताए । ‘नदीले बहाव चेन्ज भएर पूर्वबाट कटान गर्न थालेको छ ।’– उनले भने । गण्डक नदीले सुस्ताको थारुटोला कटान हुन २०० मिटर दुरी बाकी रहेको उनले बताए । भारतको राष्ट्रिय निकुन्ज हुदै कटान भैरहेको छ । यसअघि भेल्लरको रुख समेत बगाएको थियो । भोटेकोशी हुदै आएको बाढीकै कारण थप कटानको क्षति धेरै भएको छ ।
यसअघिको सरकारबाट विनियोजन भएको १४ करोड रुपैयामध्ये डेढ करोड रुपैया बराबरको भैरहेको थियो । यो आर्थिक वर्षमा संघिय सरकारबाट तटबन्धनका लागि ३ करोड रुपैया बजेट बिनियोजन भएको छ ।






















