बुटवल, १८ भदौ ।
युवा खेलाडीहरुलाई प्रोत्साहन गर्ने उदेश्यका साथ बुटवलमा सम्पन्न ‘वी ब्वाईज कप’ खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको उपाधि लखन ब्रदर्श क्लबले चुमेको छ । वी ब्वाईज क्लब, बुटवलको आयोजनामा बुधबार भएको फाइनलमा लखन ब्रदर्शले आयोजक वी ब्वाईजलाई टाईब्रेकरमा पराजित गर्दै उपाधि चुमेको हो ।
उपाधिसंगै लखन ब्रदर्श नगद ५५ हजार ५ सय ५५ रुपैया, कप, मेडल ,प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेता वी ब्याईज भने २७ हजार ७ सय ७७ रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो ।
रामनगरस्थित खेलमैदानमा भएको प्रतिस्प्रर्धात्मक खेलको निर्धारित समयमा १–१ गोलको बराबरी भएपनि खेल टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा लखनले बाजी मारेको हो ।





















