Spread the love

बुटवल । रसुवागढी क्षेत्रमा भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि क्रिमसन कलेज अफ टेक्नोलोजी प्रा.लि. र क्रिमसन अस्पतालले ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग गरेका छन् ।

क्रिमसन कलेज अफ टेक्नोलोजीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयका अनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । बाढीबाट विस्थापित तथा प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने उद्देश्यले संस्थाले सहयोग गरेको हो ।

सहयोग रकममा कलेज तथा अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीको एक दिनको तलब तथा यस वर्ष संस्थामा आयोजना हुने तीजको दर खाने कार्यक्रममा खर्च हुने रकमसमेत समावेश गरिएको अध्यक्ष पाण्डेयले जानकारी दिए । त्यसमा संस्थाको तर्फबाट थप रकमसमेत गरी कुल ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ राहत कोषमा जम्मा गरिएको हो ।

क्रिमसन कलेज अफ टेक्नोलोजीअन्तर्गत बुटवल–११, देवीनगरमा क्रिमसन कलेज तथा तिलोत्तमा–५, मणिग्राममा क्रिमसन अस्पताल सञ्चालनमा रहेका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्