Spread the love

बुटवल । फ्रिडम गाइज बुटवलले रक्तदान तथा राहत सहयोग कार्यक्रम गरेको छ । रसुवाको उत्तरी भेगतर्फबाट आएको हिमपहिरोसहितको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको दुःखद् घडीमा हुन सक्ने रगतको अभावलाई मध्यनजर गर्दै फ्रिडम गाइज बुटवलले स्वर्गीय अपूर्व श्रेष्ठको स्मृतिमा सातौँ पटक रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

नेपाल रेडक्रस सोसाईटी, रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोग तथा फ्रिडम गाइजका युवाहरूको आयोजनामा सम्पन्न कार्यक्रममा १०४ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक इन्द्रा दर्लामी मगरले जानकारी दिइन् ।
कार्यक्रमका क्रममा स्वतःस्फूर्त रूपमा संकलित ३० हजार रुपैयाँसमेत बाढीपीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको उनले बताइन् ।

फ्रिडम गाइजले विपद्मा परी ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्