काठमाडौ,१० भदौ ।
काठमाडौ,१० भदौ ।
सरकारले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ तीन जिल्लाका स्थानीय तहलाई तीन महिनाको लागि विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
वुधबार आकास्मिक बसेको मन्त्रिपरिषद्को बैठकले विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा ३२ बमोजिम विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।
उक्त घटनामा घाइते भएका एवं बिचल्लीमा परेका व्यक्तिहरूको तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्ने व्यवस्था गृह मन्त्रालय र रक्षा मन्त्रालयले मिलाउने निणय गरेको छ ।
बैठकले नेपाली सेना तथा निजी क्षेत्रका हेलिकोप्टरको परिचालन गर्ने र माननीय गृहमन्त्रीलाई उद्धारमा आवश्यक सबै साधन (हेलिकोप्टरसहित) परिचालन गर्न निर्देशन दिएको छ ।





















