बुटवल, १४ भदौ ।
टिकटकमा नाम चलेका बुढीपिडित अर्थात ईश्वर मल्लले भोटेकोशी बाढीपिडितलाई १ लाख ११ हजार १ सय १ रुपैया सहयोग गरेका छन । अल्पनिय घटनाका कारण देशमा पिडा भएको बेला आफुमात्र सहयोग नगरि सामाजिक संजालमार्फत अरुलाई पनि आग्रह गरेका छन ।
यता मिलन ब्रदर्स ग्रुपका सञ्चालक भरत जंग कुँवरले विपद् तथा दैवी प्रकोपबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सहयोग स्वरुप २ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरे । उनको यो सहयोगले अन्यलाई समेत प्रोत्साहन मिलेको छ । यतिमात्र होईन सैलुन ब्यवसायी मोहन ठाकुरले समृद्धि सैलुनमार्फत १ लाख ११ हजार १ सय ११ रुपैया सहयोग गरेको छ । बुटवल युवा ब्यवसायी ठाकुर हरेकजसो सामाजिक कार्यमा अग्रसर हुन्छन ।
रुपन्देहीमा ब्यक्तिसंस्था हरेकले आआफनो क्षेत्रबाट सहयोग गरिरहेका छन । बुटवल मोबाइल संघले प्रधानमन्त्री राहत कोषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग प्रदान गरिएको छ । विपद्को कठिन घडीमा प्रभावित परिवारलाई सहयोग पु¥याउने उद्देश्यले सहयोग गरिएको संघका अध्यक्ष दीपेन्द्र पाण्डेले बताए ।
बुटवलको तिनाउ ग्रुप प्रालिले १५ हजार ५ सय ५५ रुपैया राहत कोषमा जम्मा गरेको अध्यक्ष माधव प्रसाद श्रेष्ठले बताए ।
संस्थागत रुपमा मणिमुकुन्द सेन उद्यान संरक्षण समिति बुटवल –२, फूलबारी रुपन्देहीले भोटेकोशी बाढी पीडितहरुको सहयोगार्थ प्रधानमन्त्री दैबीप्रकोप राहत कोषमा १ लाख १ हजार १ सय ११ रुपैया तथा उद्यानमा कार्यरत कर्मचारीहरुको तर्फबाट २१ हजार ७ सय रुपैया गरि एकमुष्ट एक लाख बाइस हजार आठसय एघार रुपैया सहयोग गरेको छ ।
बेपत्ताहरुको शिघ्र उद्धार, घरवारबिहिनहरुको शिघ्र पुनस्र्थापना, घाइतेहरुको स्वास्थलाभको कामना सहित मृतकहरुमा श्रद्धाञ्जली दिदै देशभरबाट सहयोग भैरहेको बेला रुपन्देहीका युवा, संघसंस्थाहरुबाट स्वातस्र्फुत सहयोग जुट्ने क्रम जारी रहेको छ ।
भिडियो रिर्पोट





















